मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा पहिरोले एक्स्काभेटर पुरिँदा चालक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १२:१५:oo

सल्यानको कपुरकोट गाउँपालिका– ५, खारखोलामा पहिरोले एक्स्काभेटर पुरिँदा चालक घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत खारखोला सडकखण्डमा सडक विभाग दाङअन्तर्गत राप्ती राजमार्ग स्तरोन्नतिको काम भइरहेको अवस्थामा शुक्रबार बिहान माथिबाट आएको लेदोसहितको पहिरोले प्र.०१–००३ क ७३२१ नम्बरको एक्स्काभेटर पुरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

एक्स्काभेटरचालक जाजरकोट भेरीमालिका नगरपालिका– १० का २८ वर्षीय कर्णबहादुर कामी पहिरोमा परी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। घाइते चालकलाई उपचारका लागि तुलसीपुर पठाइएको र उनको अवस्था सामान्य रहेको उनको भनाइ छ । 

पहिरोले एक्स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरिनुका साथै सिसा फुटेको तथा बोनट र ट्यांकीमा क्षति पुगेको छ । पहिरोका कारण सडकमा यातायात अवरुद्ध नभएको र राप्ती राजमार्गमा यातायात सञ्चालनमा रहेको जनाइएको छ ।