मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार o९:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानोइङ टोली अभ्यासमा व्यस्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o९:१३:oo

जापानको नागोया र आइचीमा आगामी १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने क्यानोइङका खेलाडी पोखराको फेवातालमा अभ्यासमा व्यस्त छन् । क्यानोइङको कायक स्लालम र कायक क्रस विधामा नेपालबाट धादिङका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले प्रतिस्पर्धा गर्दै छन् । दुई खेलाडीलाई निमबहादुर मगरले प्रशिक्षण दिइरहेका छन् ।

उनीहरूले फेवातालमा दैनिक बिहान र बेलुका खेल कौशल, प्राविधिक विषय, शारीरिक फिटनेससँगै प्रतिस्पर्धात्मक तयारीलगायत विषयमा केन्द्रित रहेर चार घण्टा प्रशिक्षण लिइरहेको प्रशिक्षक मगरले बताए । टोली तीन साता पोखरामै रहनेछ । त्यसपछि थप प्रशिक्षणका लागि उनीहरू थाइल्यान्ड जानेछन् । नेपालको टोलीले भारतका खेलाडीसँग खेल्ने योजना थियो ।

तर, भारतका खेलाडी वैदेशिक प्रशिक्षणमा रहेकाले नेपालले थाइल्यान्ड प्रशिक्षणमा गर्न लागेको प्रशिक्षक मगरले बताए । एसियाडमा सहभागी हुने विजयले केही वर्षअघिसम्म पर्यटकको सुरक्षाका लागि तमोर नदीमा र्‍याफ्टिङ गाइड बनेर काम गर्दै आएका थिए । पर्यटकको सुरक्षाका लागि उनले गरेको संघर्ष, मिहिनेत, निरन्तर अभ्यास, अनुभवका कारण उनको यात्रा एसियाली खेलकुदसम्म पुगेको हो । अब उनले देशको झन्डा बोकेर एसियाली खेलकुदमा प्रतिस्पर्धासँगै देशको प्रतिनिधित्व गर्ने भएका हुन् ।