चाबहिलकाे महाँकाल क्षेत्रमा खानेपानीको पाइप फुटेको छ । हिजोदेखि खानेपानीको पाइप फुटेर पानी खेर गइरहेको छ । पानीले वरपरको सडक जलमग्न भएको छ । तर पनि अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन ।
महाकालमा रहेको खानेपानीको ट्याङ्कीमा जोड्ने पाइप फुटेर पानि बाहिर निस्कँदा सडकभरी पानी खेर गएको छ। अहिलेसम्म मेलम्ची खानेपानी आयोजना निर्देशनालय, केयुकेएल र अन्य सम्बन्धित निकायहरुले खानेपानी मर्मतमा ध्यान दिएका छैनन्।