मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
रेशम बहादुर खड्का जाजरकोट
२o८३ श्रावण २९ शुक्रबार o८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटको चौखामा बाढीले चार घर र झोलुंगे पुल बगायो

Read Time : < 1 मिनेट
रेशम बहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८३ श्रावण २९ शुक्रबार o८:४१:oo

जाजरकोटकाे नलगाड नगरपालिका वडा नं- १० र ११ अन्तर्गत चौखा क्षेत्रमा आएको बाढीले चार वटा घर तथा झोलुंगे पुल बगाएको छ। अविरल वर्षापछि चौखा खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको हो।

बाढीले स्थानीयका चार वटा घर बगाएपछि प्रभावित परिवार समस्यामा परेका छन्। त्यस्तै, चौखा खोलामाथिको झोलुंगे पुलसमेत बाढीले बगाएपछि स्थानीयको आवतजावत पूर्णरूपमा प्रभावित भएको छ ।

झोलुंगे पुल बगेपछि नलगाड वडा नं- १० र ११ का स्थानीयसँगै गोतामकोट तथा डोल्पातर्फ आवतजावत गर्ने नागरिकलाई समेत समस्या भएको छ। विशेषगरी बिरामीलाई तत्काल उपचारका लागि लैजानुपर्ने अवस्था तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने नागरिक थप जोखिममा परेका छन्।

स्थानीयका अनुसार पुल बगेपछि अहिले खोला वारपार गर्न कठिन भएको छ। वर्षाका कारण खोलामा पानीको बहाव अझै बढ्न सक्ने भएकाले थप क्षतिको जोखिमसमेत रहेको छ।

बाढीबाट भएको क्षतिको तत्काल स्थलगत निरीक्षण गरी प्रभावित परिवारलाई राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न र अवरुद्ध आवागमन तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।