मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १६ शनिबार १२:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीले गरे सुनसरी र गोलबजार घटनापछि पीडितसँग सम्झौता, सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १२:५३:oo

 गृहमन्त्री सुदन गुरुङले सुनसरी र गोलबजारमा भएका घटनापछि पीडित परिवारसँग सम्झौता भएको जानकारी दिएका छन्। उनले देशमा अमन–चैन र सामाजिक सद्भाव कायम राख्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। गृहमन्त्री गुरुले धर्म र आस्थाको नाममा हिंसा भड्काउने वा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गर्ने जो–कोहीलाई पनि नेपाल सरकारले कडा निगरानीमा राख्ने र कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।

उनले सम्पूर्ण नागरिकलाई शान्तिपूर्ण, संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। गृहमन्त्री गुरुले आफ्नो सन्देशको अन्त्यमा मानवता नै सबैभन्दा ठूलो धर्म र पहिचान हो भन्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेका छन्।