मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार २१:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाम्सी पुलनजिक पहिरो, मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार २१:३६:oo

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलनजिक शुक्रबार पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो खसेपछि उक्त स्थानमा सवारी आवागमन प्रभावित भएको छ । पहिरो हटाउन सडक डिभिजनको तैनाथ मेसिन तत्काल घटनास्थलमा परिचालन गरिएको छ ।

प्राविधिक टोलीले पहिरो हटाउने काम सुरु गरिसकेको र सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ ।

वर्षायामका कारण उक्त सडकखण्डमा पटक–पटक पहिरो खस्ने क्रम जारी रहेकाले सवारीचालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आवश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपरे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ ।