मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 वीरगञ्जमा कुटपिटबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १o:४१:oo

पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०:५० बजे सडक विस्तारका क्रममा भत्काइएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएकी लिलावती देवीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारपछि साउन ३२ गते साँझ ५:४० बजे डिस्चार्ज गरिएकी उनी साउन १४ गते साँझ स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः सोही अस्पतालमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा साँझ ७स्२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का मनोज प्रसाद कुर्मीको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।