मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजी मेरिडियाका चार मोडेलका रेफ्रिजेरेटर बजारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार ११:२१:oo

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिजअन्तर्गत चारवटा नयाँ मोडेलका अत्याधुनिक रेफ्रिजेरेटरहरू सार्वजनिक गरेको छ ।

सार्वजनिक भएका मोडेलहरूमा सिजिएम २२० डिएलआरआई, सिजिएम २२० डिएलबिआई, सिजिएम २२० एलआरआई र सिजिएम २२० एलबिआई रहेका छन् । यिनीहरूको कुल क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको कम्पनीले जनाएको छ । घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लुजस्ता उत्कृष्ट रङ तथा डिजाइनमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यी रेफ्रिजेरेटरमा प्रयोग भएको डिजिटल इन्भर्टर कम्प्रेसरले बिजुलीको अधिकतम बचत गर्नुका साथै ११० भोल्टको कम भोल्टेजमा पनि सहजै र निर्बाध रूपमा काम गर्छ । त्यस्तै, उन्नत कुलिङ प्रविधिले फ्रिजभित्रको तापक्रमलाई छिटो र प्रभावकारी रूपमा सन्तुलनमा राख्न यसमा टर्बो कुलिङ टेक्नोलोजी र एड्भान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेश गरिएको कम्पनीको दाबी छ ।

यस्तै, फलफूल र तरकारीलाई लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस र धेरै तरकारी एकैपटक भण्डारण गर्न सकिने जम्बो भेजिटेबल ट्रेको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । साथै, नेपाली भान्सामा प्याज, आलुजस्ता बाहिर राख्नुपर्ने कुराका लागि छुट्टै ड्राई बास्केट राखिएको छ । 

कम्पनीका अनुसार उत्कृष्ट डिजाइन र बिजुली बचत गर्ने क्षमतासहित यी नयाँ फ्रिजहरू बजारमा ल्याइएको हो । यी मोडेलले हरेक नेपाली परिवारलाई स्मार्ट र झन्झटमुक्त जीवनशैलीको नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।