१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असार २७ शुक्रबार ०९:१०:००
Read Time : < 1 मिनेट
अर्थ

नगरपालिकाद्वारा  फलफूलका बिरुवा वितरण

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:१०:००

वालिङ नगरपालिकाले १४ वटा वडाका व्यावसायिक बन्न चाहने कृषकलाई ६ हजारभन्दा बढी सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । वालिङलाई सुन्तला र कागतीको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ तीन हजार सात सय ५० वटा सुन्तला, एक हजार आठ सयवटा कागती, पाँच सय १५ वटा आँप, चार सय ३५ वटा लिचीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले वालिङ नगरपालिका सुन्तला उत्पादनको उपयुक्त ठाउँ भएकाले कृषकलाई बिरुवा वितरण गरेको बताए । उनले बढ्दो जनसंख्या वृद्धिसँगै भारतीय बजारबाट कागती आउने गरेकाले त्यसलाई विस्थापन गर्न कागतीका बिरुवा वितरण गरेको बताए । 

नगरपालिकाका कृषि शाखा प्रमुख केशबहादुर थापाले नगरपालिकाका करिब नौ वटा वडाका कृषकले व्यावसायिक सुन्तला खेती गरिरहेकाले उनीहरूलाई प्रोत्साहन गर्न बिरुवा वितरण गरेको बताए । ‘गत वर्ष पनि हामीले विभिन्न फलफूलका बिरुवा वितरण गरेका थियौँ ।’ उनले भने, ‘यस वर्ष पनि गर्‍यौँ, आगामी वर्षमा पनि निरन्तरता दिनेछौँ ।’ थापाले थपे, ‘सुन्तला र कागतीका बिरुवा सल्यानको डाँगी एग्रो फर्मबाट ल्याएका हौँ, आँप र लिची रौतहटको कुन्दन नर्सरीबाट ल्याएका हौँ ।’