सरकारले शिक्षण सिकाइ क्रियाकलापलाई मध्यनजर गर्दै विद्यालय तहको हिउँदे बिदा अवधि घटाएको छ। सामुदायिक विद्यालयमा वार्षिक ४५ दिनसम्म दिइने हिउँदे बिदालाई ३० दिनमा झारिएको हो।
आइतबार पनि सार्वजनिक बिदा हुँदा शैक्षिक क्रियाकलापमा असर पर्ने र पाठअनुसार पठनपाठन गर्न पर्याप्त समय नहुने भन्दै शिक्षा मन्त्रालयले बिदा घटाएको हो। मन्त्रालयले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै यो नियम लागू गर्न निर्देशन दिएको छ।
मन्त्रालयले प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट निर्धारण गरेको छ।