सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय सार्वजनिक गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराए ।
उनले मुख्य निर्णयहरू भनेर चारवटा निर्णयबारे जानकारी गराएका छन् । जसअनुसार, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस भएको छ ।
त्यस्तै, भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय
– परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलरबराबरको सहुलियतपूर्ण ऋण तथा पाँच मिलियन अमेरिकी डलरबराबरको अनुदान स्वीकार गर्ने ।
– भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
– संसद् भवनपरिसरमा प्रवेशलगायतको विषय समावेश गरिएको सिंहदरबारपरिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने ।
– संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने ।