पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्वकावा सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ।

बुधबार बसेको अनुशासन समितिको बैठकले खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको हो।

पार्टीको आधिकारिकताको विषयमा सर्वोच्च अदालतको फैसलापश्चात् खड्कालाई स्पष्टीकरण सोध्ने निर्णयको औचित्य समाप्त भएको अनुशासन समितिको निष्कर्ष छ।

सुझावित समाचार