अवैध संरचनाहरूको अखडा बनेको सिनामंगलस्थित गैरीगाउँमा पनि सरकारले डोजर चलाएको छ। गैरीगाउँमा टहराभन्दा पनि ठुलाठुला पक्की घर रहेपछि भत्काउन गाह्रो भइरहेको छ।
दुई दिनदेखि नै बिचौलियाको भागाभाग भएको छ। वास्तविक पीडितहरू त्यहाँ रहेका छन्। उनीहरूलाई सरकारले अस्थायी होल्डिङ सेन्टरमा राख्ने र वास्तविक पहिचान भएपछि स्थायी बसोबास गराउने सरकारको तयारी छ।
अहिले ठुलो संख्यामा प्रहरीले परिचालन गरेर शान्तिपूर्ण तरिकाले भत्काउने काम भइरहेको छ। वर्षौदेखि पेचिलो बनेको सुकुमवासी बस्ती हटाउने काममा अवरोध होला भन्ने धेरैको अनुमानलाई सरकारले गलत साबित गरिदिएको छ। बिचौलियाको भागभाग भएको छ भने वास्तविक पीडित सरकारको सहयोगको पर्खाइमा छन्।