लागुऔषध गाँजा बेचबिखन गरेको आरोपमा प्रहरीले भारतीय महिला र उनका छोरासहित तीनजनालाई पक्राउ गरेको छ।
मोरङको विराटनगर महानगरपालिका– १५, रानीमा रहेको होटेलकी सञ्चालक भारतीय महिला कविता यादव र उनका छोरा मुन्ना यादवसहित जहदा गाउँपालिका– १ का मञ्जितकुमार यादव सात किलो १८० ग्राम गाँजासहित पक्राउ परेका हुन्।
पक्राउ परेका तीनैजनालाई लागुऔषध बेचबिखन कसुरमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।