निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकको निर्वाचन कार्यतालिका संशोधन नहुने प्रस्ट पारेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन्।
अन्तिम समयमा बन्दसूची हेरफेर गर्ने राजनीतिक दलको सदावहार र स्थायी समस्या भइसकेको भन्दै भण्डारीले कार्यतालिका परिवर्तन गरे निर्वाचन नै प्रभावित हुन सक्ने बताए।
‘आयोगले झिनामसिना कमी–कमजोरीहरूलाई सच्याएर यसो गर्नुस् भनेर राखिदिन्छ। तर, बन्दसूचीको समय नै परिवर्तन गर्ने, थप्ने घट्नेजस्ता विषयवस्तुहरू सुरु गर्याैँ भने फागनु २१ गतेको निर्वाचनलाई धक्का पर्नेसम्मको क्रिया उत्पन्न हुन सक्ने हुनाले सकभर हामी यसलााई संशोधन गर्ने अवस्थामा छैनौँ। संशोधन गर्याैँ भने निर्वाचनलाई बिथोल्छ भन्ने हाम्रो बुझाइ छ,’ भण्डारीले भने।