
काठमाडौंमा अनलाइन जुवाको धन्दा चलाउने पाँच भारतीयसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको दुई स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार रुपैयाँबराबरको अवैध जुवा खेलाएको प्रहरीले जनाएको छ।
विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप तथा टेलिग्राममार्फत सम्पर्कमा ल्याई बेटिङ साइटमार्फत अनलाइन जुवा खेलाउँदै आएको एसपी काजीकुमार आचार्यले बताए। पक्राउ परेका भारतीय नागरिकहरू ललितपुरको जैनखेल भ्युटावर तथा सनराइज अपार्टमेन्टमा बसेर यस्तो अपराधमा संलग्न हुँदै आएका थिए।
पक्राउ पर्नेहरूः