
नेपाल एसबिआई बैंकले शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका– ४, मनौरा, रुपन्देहीस्थित रामजानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामग्री प्रदान गरेको हो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलार्र्ई एक कार्यक्रमबिच ती सामग्री हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकसमेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय–समयमा गर्दै आइरहेको छ ।
एसबिआई बैंकले देशभर फैलिएका सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ कार्यालय, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएमबाट सेवा दिँदै आएको छ ।