१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २३ शुक्रबार २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार २१:२१:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भिड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन् ।

धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू संघको प्रथम महाधिवेशनमा आज उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताएका हुन्।

उनले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राखेका छन् ।

राजनीतिक उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति, स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताए । उनले भने, ‘लोकतान्त्रिक मूल्य, बहस, सहमतिदेखि नीति नै कांग्रेसको राजनीतिक आधार हो । राजनीतिमा भावना हुन्छ, तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त र स्थायी र सबलीकरणको मार्गबाट अघि बढ्नुपर्छ ।’

कांग्रेसले विवेकपूर्ण बहस र नीति निर्माणका कामलाई बलियो बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा लोकमत र भावनाभन्दा विचार, नीति र पहुँचमुखी संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रवादको बहानामा कुनै पनि बहुकालीन व्यवस्थामा फर्किन नहुने धारणा राख्दै उनले नेपालको आर्थिक–सामाजिक परिवर्तनमा प्रजातन्त्रले अतुलनीय योगदान दिएको बताएका छन् । उनले भने,  ‘अहिले दुई दलको सरकार र राजनीतिलाई नै शक्तिशाली बनाउनु हाम्रो पहिलो आवश्यकता हो ।’

छुटाउनुभयो की ?