१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको ‘लिग अफ क्रिएटर्स’ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार ११:२३:oo

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ अभियान सुरु गरेको छ । यो अभियानले देशभरका प्रतिभाशाली डिजिटल सामग्री निर्माताको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिएको छ । ‘क्रिएट, कम्पिट, कन्क्वेर’ नारासहित सुरु भएको यस प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेलाई ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लाटफर्म दिने एनसेलले जनाएको छ ।

‘यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरसिप, कार्यशाला, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरण र रोमाञ्चक पुरस्कार रहेका छन् । अभियानमार्फत हामी नयाँ पुस्ताका नेपाली डिजिटल सामग्री निर्मातालाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लाटफर्म दिन चाहन्छौँ,’ एनसेलकी मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।

प्रतियोगिताका लागि जेठ १८ देखि दर्ता खुला भइसकेको छ, जसमा १६ वर्षमाथिका नेपाली डिजिटल सामग्री निर्माताले सहभागिता जनाउन सक्नेछन् । सहभागीले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्नेछ । 

देशभरिबाट प्राप्त हुने भिडियोबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरसिप प्राप्त गर्नेछन् । ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले असार १४ मा गरिनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्ने एनसेलले जनाएको छ ।

छुटाउनुभयो की ?