१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार

लाेकसेवाकाे विज्ञापन रद्द नगर्नु सरकारकाे बाल हठ : राजपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १४:२८:००

राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई दवाव दिएको छ । 

राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल नगरे सरकार, देश, व्यवस्था र मुलुकलाई फाईदा नगर्ने बताए । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन पुनः खुलाउने आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । नेता झाले संविधानले जनजाति, दलित, मधेशी, महिला, पीछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरेपनि त्यस अनुसार विज्ञापन नखुलाइएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको बताए । 

नेता झाले सरकारले राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन अनुसार सो विज्ञापन खारेज गर्न पहल नगरेर बाल हठ देखाएको आरोप लगाए ।