मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २४ आइतबार १o:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकका कार्डहोल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १o:५८:oo

 ग्लोबल आइएमई बैंकका कार्डवाहक ग्राहकले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा बैंकको ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांगले हस्ताक्षर गरे ।

डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले देशभरका सेल्सबेरीका ३७ वटै स्टोरमा प्वाइन्ट अफ सेल (पस) मेसिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम दुई सयसम्मको क्यासब्याक दिने समझदारीपत्रमा उल्लेख छ । बैंकले नेपालका तीन सय ५४ शाखा, तीन सय ८५ एटिएम, दुई सय २१ शाखारहित बैंकिङ सेवा दिँदै आइरहेको छ