मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 10 April, 2025
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रोकिएन शिक्षक आन्दोलन, दोस्रो दिन पनि सडकमा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन्। आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो। तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन सुरु गरेको हो।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ। महासंघले आफ्ना माग पूरा नभए शिक्षक विद्यालय नफर्कने चेतावनी दिएको छ।

तस्बिरहरू