१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २८ बिहीबार o७:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेता–कार्यकर्ता रिहा नगरे सामूहिक गिरफ्तारी दिने राजावादीहरूको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o७:१५:oo

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले रवीन्द्र मिश्र, डा. धवलशमशेर राणा र नवराज सुवेदी (घरमै नजरबन्द)लाई २१ वैशाखसम्म मुक्त गर्न अल्टिमेटम दिएका छन् । राजावादीहरूले १५ चैतमा तीनकुनेमा आयोजना गरेको सभास्थलबाट पक्राउ परेका उनीहरूलाई रिहा गर्न गुरुङले माग गरेका हुन् ।

बुधबार आयोजित प्रतिबद्धता सभामा उनले उनीहरू रिहा नभए २२ वैशाखमा तीनकुनेमा जम्मा भएर सामूहिक गिरफ्तारी दिने चेतावनीसमेत दिएका छन् । तीनकुनेको सभास्थलमा हिंसा र अराजकता भड्केपछि समितिका नाममा सार्वजनिक कार्यक्रम भएको थिएन । बुधबार शंखमूलमा आयोजित प्रतिबद्धता सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री शरद पाठक, प्रवक्ता सगुन लावतीलगायत थिए । पूर्वमन्त्री केशरबहादुर विष्ट पनि सभामा पुगेका थिए । कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने सहभागी भएनन् । राप्रपाले ७ वैशाखदेखि आफ्नै आयोजनामा उपत्यकामा दैनिक प्रदर्शन गर्ने तय गरेको छ । 

‘हामी सेलाएका छैनौँ । गोर्खामा १९ वैशाखमा नेपाल प्राज्ञिक मञ्चको आयोजनामा अनुष्ठान हुन्छ । २१ वैशाखपछि एक्सनमा जान्छौँ,’ गुरुङले भने, ‘हामी ज्यानको माया मारेर अघि बढ्नेछौँ । भद्र अवज्ञा आन्दोलन गर्छौँ, जसरी महात्मा गान्धीले भारतमा गरेका थिए, ००६ सालमा कांग्रेसले नेपालमा गरेको थियो ।’प्रहरीले १५ चैतमा तीनकुनेवरपर भड्केको हिंसापछि समितिका संयोजक सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्दमा राखेको छ भने समितिका सदस्यसचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद डा. धवलशमशेर राणालाई काठमाडाैं प्रहरी परिसर भद्रकालीको हिरासतमा राखेको छ ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गरेको कार्यक्रममा हिंसा भड्केको थियो । सुरुमा प्रहरीले मञ्चमा टियर ग्यास फालेपछि मुठभेडको स्थिति बनेको राजावादी नेताको दाबी छ । उनीहरूले घटनाको न्यायिक छानबिनको माग गर्दै आएका छन् । यसैबिच, प्रसाईंले बुधबार अज्ञातस्थलबाट भिडियो सन्देश जारी गर्दै मानव अधिकारवादी तथा कानुन व्यवसायीहरूको रोहवरमा २४ घण्टाभित्र प्रहरीमा पेस हुन तयार रहेको बताएका छन् ।