१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ५ शुक्रबार o९:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंक र पोखराको कृषि बजारबिच व्यावसायिक सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार o९:३७:oo

प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका– ९ शान्ति वनवाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबिच व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा समितिका अध्यक्ष नवराज दुवाडी तथा बैंकका गण्डकी प्रदेश प्रमुख, प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार आयातीत कृषिउपज बिक्री–वितरणको कारोबारलाई बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रूपान्तरण गरिनेछ ।  

यसखालको सम्झौताले समितिमातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास गरिएको छ । प्रमुख प्रदेश अधिकृत र रानाले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास प्रकट गरे । 

समितिअन्तर्गत सञ्चालित व्यवसायीलाई दैनिक कारोबार नगदरहित बनाउने उद्देश्यका साथ क्युआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैंकले उपलब्ध गराउनेछ । साथै, व्यवसाय विस्तारका लागि व्यवसायीको आवश्यकता र बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।