
राप्रपाका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधन भएको छ। काठमाडाैंको ओम हस्पिटलमा आज उनको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘उहाँको निधनबाट राप्रपाले समन्वयकारी छवि भएको आफ्नो संस्थापक नेता, रुपन्देहीले विकासप्रेमी लोकप्रिय जनप्रतिनिधि र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको छ,’ श्रेष्ठले भने ।
बोहाेराको ७४ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि उनी घाँटीसम्बन्धी रोगबाट पीडित थिए। अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा अस्पताल पुगेका छन्।