मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २० बुधबार
  • Saturday, 05 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २० बुधबार १८:२४:oo
Read Time : < 1 मिनेट
समाचार

विशेष भेला आयोजना गर्दै अप्टिकल व्यवसायी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २० बुधबार १८:२४:oo

काठमाडौं र आसपासका अप्टिकल व्यवसायीहरू, आपूर्तिकर्ताहरू र नेत्र–स्वास्थ्य विशेषज्ञहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले अप्टिकल व्यवसायी संघ नेपालले अप्टिकल व्यवसायीहरूको विशेष भेला(अप्टिकल्स रिटेलर्स मिट) आयोजना गरेको छ। आगामी चैत २३ मा चाबहिलको स्मार्ट प्यालेसमा अप्टिकल व्यवसायीहरूको विशेष भेला बोलाइएको छ। 

नेपालको अप्टिकल उद्योगलाई व्यावसायिक रूपमा सुदृढ बनाउने, नवीनतम प्रविधि तथा उत्पादनहरूको प्रवर्द्धन गर्ने र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेर भेला आयोजना गरिएको संघले जनाएको छ। भेलामा विशेषज्ञहरूले सेमिनार र कार्यशाला सञ्चालन गर्नुका साथै सदस्यता प्रमाणपत्र वितरण गर्ने, व्यापार रणनीति, ग्राहक सेवा र बजार प्रवृत्तिहरूमा प्रशिक्षण दिने तयारी छ। 

भेलाबाट व्यावसायिक नेटवर्किङको अवसर र सहकार्य विस्तारको अपेक्षासमेत गरिएको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। उत्पादन प्रदर्शनी र लाइभ डेमो, नवीनतम प्रविधि तथा उच्च गुणस्तरका उत्पादनहरूको प्रत्यक्ष अवलोकना, प्यानल छलफल, उद्योगका नीतिगत विषय, व्यवसायको दिगोपन, र भविष्यका अवसरहरूबारे अन्तर्क्रियासमेत हुने संघका बोर्ड सदस्य कुमारप्रसाद मैनालीले जानकारी दिए। यो भेलाले अप्टिकल उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने उनी बताउँछन्।