मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १९ मंगलबार ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ वर्षका लागि यामाहाले ल्यायो ‘थ्रिल अफ थ्री’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार ११:२९:oo

 यामाहाले नयाँ वर्ष ०८२ को सुरुवात ‘थ्रिल अफ थ्री’ योजनासँगै गर्ने भएको छ । कम्पनीले यामाहाका फ्यानलाई आकर्षक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिल प्रदान गर्न यो योजना ल्याएको जनाएको छ । यो योजना यामाहा मोटरसाइकल र स्कुटरको एक्साइटमेन्ट, स्टाइल र पर्फमेन्सको उत्सव मनाउने अवसर भएको बताइएको छ । राइडर, ट्रेन्डसेटर वा पर्फमेन्स खोज्ने व्यक्तिका लागि यो योजना ल्याइएको हो । 

‘थ्रिल अफ थ्री’अन्तर्गत ग्राहकले सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ साझा गर्दा तत्काल एक हजार रुपैयाँ जित्नेछन् । त्यसैगरी, नजिकैको यामाहा डिलरसिपमा गई आफूले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउँदा ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । त्यस्तै, योजना अवधिमा ब्रान्ड–न्यु यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एक लाखसम्मको नगद पुरस्कार पाइने पनि कम्पनीको भनाइ छ ।

यसबाहेक ग्राहकले तत्काल एक्सचेन्ज, सुलभ किस्ताबन्दी र छानिएका मोडेलमा शून्य प्रतशित ब्याजदरमा किस्ताबन्दीसमेत पाउनेछन् । उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फमेन्स रोज्नेहरूका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।