
सौन्दर्य ब्रान्ड पन्ड्सले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’सहित पन्ड्सबाट ‘पन्ड्स स्किन इन्स्टिच्युट’मा नाम परिवर्तन गरेको हो । यसले ब्रान्डको आधारभूत विषयवस्तुः अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्ने बताइएको छ । विज्ञानमा आधारित फर्मुलाले उपभोक्तामा आशा र छालामा वास्तविक परिवर्तन ल्याउने लक्ष्यसहित पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्ने कम्पनीले जनाएको छ ।
पन्ड्स स्किन इन्स्टिच्युटले आफ्ना फर्मुलामा निआसिनामाइड, हायल्युरोनिक एसिड र सक्रिय चारकोल मिश्रण गरेको छ । जुन यसको फेसवास र फेस मोइस्चुराइजर समस्यामा लाभदायक हुनेछ । ब्रान्डले नयाँ र नवप्रवर्तनका माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तरअनुसार उपभोक्तालाई उत्तम विकल्प दिने बताएको छ ।
इन्स्टिच्युटको ब्राइट ब्युटी सिरम क्रिममा निआसिनामाइड मुख्य इन्ग्रिडिएन्टका रूपमा पाइन्छ, जुन छालाका तहहरूमा प्रवेश गरी ९६ प्रतिशतसम्म चम्किलो त्वचा प्रदान गर्छ । नयाँ प्रस्तुत गरिएको पन्ड्स सुपरलाइट जेलमा हायल्युरोनिक एसिड मुख्य तत्वका रूपमा पाइन्छ, जसले दुई सय प्रतिशत तत्काल हाइड्रेसन प्रदान गर्ने कम्पनीको दाबी छ । यसले छालालाई अघिल्लोभन्दा नयाँ र हाइड्रेसनयुक्त राख्छ । डिटक्स रेन्जको फेसवास, जसमा सक्रिय चारकोल १० गुणा प्रभावकारी हुने बताइएको छ ।