
साममुङ नेपालले ग्यालेक्सी ए५६ फाइभ–जी, ग्यालेक्सी ए३६ फाइभ–जी र ग्यालेक्सी ए२६ फाइभ–जी सार्वजनिक गरेको छ । पहिलोपटक ग्यालेक्सी ‘ए’ सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउने सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले जानकारी दिए ।
ग्यालेक्सी ए सिरिजका फोनहरूमा अघिल्लो वर्ष अति चर्चित गुगलको ‘सर्कल टु सर्च’ विशेषता अब थप भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ । यो फिचरले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना वा युआरएल सजिलै पहिचान गर्न सक्छ, जसले गर्दा प्रयोगकर्ताले एक ट्यापमा नै कार्य पूरा गर्न सक्छन् । ‘सर्कल टु सर्च’ले गीत पनि तत्काल पहिचान गर्न सक्छ ।
ग्यालेक्सी ए सिरिजका सबै डिभाइसमा ५० एमपी मुख्य क्यामरा तथा ‘अब्जेक्ट इरेजर’ सुविधा उपलब्ध छ । यसले प्रयोगकर्तालाई फोटोबाट अनावश्यक वस्तु हटाउन मद्दत गर्छ । ग्यालेक्सी ए५६, ए३६ र ए२६ मार्च २८ देखि नेपालका सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध छन् । ग्यालेक्सी ए५६ १२/२५६ जिबीको ७० हजार र ८/१२ को ६५ हजार रहेको छ । त्यस्तै, ए३६को १२/२५६ को ५९ हजार ९९९, ८/२५६ को ५४ हजार ९९९ र ८/१२८ को ४८ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, ए२६ को मूल्य ४५ हजार ९९९ रहेको छ, जुन ८/२५६ जिबीमा आउँछ ।