मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १९ मंगलबार ११:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनगढीमा कजारियाको नयाँ सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार ११:o६:oo

भारतको अग्रणी टाइल निर्माता कजारियाले सहिदचोक, धनगढीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । गोदावरी टायल एन्ड मार्बलद्वारा सञ्चालित सोरुमको उद्घाटन कलाकार विराज भट्ट, चक्र बमलगायतले गरेका हुन् । उद्घाटनपछि बोल्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीण सिंहले नयाँ सोरुम उद्घाटनप्रति उत्साह व्यक्त गर्दै भने, ‘धनगढी  कजारियाका लागि महत्वपूर्ण बजार हो । यसले हाम्रा प्रिमियम टायल्सलाई स्थानीय ग्राहकसम्म पुर्‍याउन सहयोग गर्नेछ ।’ कम्पनीको उद्देश्य निर्माण व्यवसायी तथा धरधनीलाई टिकाउ र गुणस्तरीय उत्पादन दिनु रहेको बताइएको छ । यसले कार्यक्षमता र डिजाइन दुवैमा सुधार ल्याउने कम्पनीको विश्वास छ । 

सोरुम विस्तारसँगै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउन लागिपरेको कजारियाले जनाएको छ । कम्पनीका अनुसार प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यको निरन्तरतास्वरूप भरतपुरमा सोरुम सञ्चालनमा आएको हो । यसअघि सतुंगल, काठमाडौं, भतरपुरलगायतका ठाउँमा सोरुम सञ्चालनमा ल्याइएको थियो ।

 रमेश कर्प र कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा टायल उत्पादन प्लान्ट स्थापना गरेको बताइएको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने लक्ष्य अघि सारेको कम्पनीले चार अर्ब रुपैयाँ लगानी गरेको छ । 

यस उद्योगले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने कम्पनीको दाबी छ । ‘यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौँ रोजगारीका अवसर प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ,’ सिंहले भने ।