मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
फाइल तस्बिर
हदिश खुद्दार जनकपुरधाम
२o८१ चैत १७ आइतबार १९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलि इद–उल–फित्र मनाउँदै मुस्लिम समुदाय

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १९:४७:oo

इस्लाम धर्मावलम्बीहरूले भोलि सोमबार इद–उल–फित्र (इद) मनाउँदै छन्। आइतबार साँझ चन्द्रमा पनि देखिएकाले मुस्लिम समुदायले इद–उल–फित्र मनाउन लागेका हुन्।

खाडी मुलुक साउदी अरब, कतारलगायतका देशहरूमा आइतबार नै इद मनाए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकका सोमबार मुस्लिम सामुदायले एकैसाथ इद मनाउँदै छन्।

इस्लाम धर्मका पाँच आधार स्तम्भ इमान, नवाज, रोजा, जकात र हजमध्ये रोजा तेस्रो नम्बरको हो। मुस्लिम समुदायमा हरेक बालिग महिला र पुरुष रमजान महिनामा रोजा बस्नुपर्ने अनिवार्य प्रावधान छ।

इदमा सबई (खानेकुरा), खिर तथा अन्य मिठो परिकार खानपिन गरिन्छ। त्यस्तै, परिवारका प्रत्येक सदस्यका लागि नयाँ कपडा खरिद गर्ने गरिएको जनकपुरधाम उपमहानगरपलिकाका पूर्वउपमेयर असगर अलीले बताए। ‘इदको नमाज पढ्नुपूर्व घरका प्रत्येक सदस्यको लागि नयाँ कपडा लगाउन जरुरी छ,’ उनले भने, ‘तर, गरिब, असहायलाई मालदार मुस्लिमहरूले जकातको रूपमा लत्ताकपडा तथा खानपिनको लागि सामग्रीहरू सहयोग गर्ने प्रावधान छ।’

इदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ (सफासुग्घर) भई नयाँ कपडामा नजिकका इदगहवा मस्जिदमा गएर इदको नमाज पढ्ने गरिन्छ। नमाज पढनुपूर्व रोजामा भएको कमी-कमजोरी वा रोजा शुद्धीकरणका लागि प्रतिव्यक्ति २ किलो ४५ ग्राम गहुँका दरले परिवारका सबै सदस्यको नाममा फित्रराको पैसा अनिवार्य रूपमा मस्जिद मदरसामा दान गर्नुपर्ने हुन्छ।

इदको नमाज समाप्त भएसँगै मुस्लिम सामुदायले एक अर्कालाई अंकमाल गरी इद मुबारक भन्दै शुभकामना दिने प्रचलन छ। यता, इद उल फित्रको अवसरमा संघीय सरकार र मधेश प्रदेश सरकारले पनि सोमबार सार्वजनिक बिदा दिएका छन्।