मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
२o८१ चैत १७ आइतबार १९:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भीमनारायण गोल्डकप : आयोजकलाई हराउँदै सप्तरीको नमोबुद्ध सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १९:२३:oo

१७औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८१ आजदेखि धनकुटामा सुरु भएको छ।

उद्घाटन खेलमा आयोजक टिमलाई पराजित गर्दै सप्तरीको नमोबुद्ध युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। उद्घाटन खेलमा आयोजक धनकुटालाई ३–१ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। 

नमोबुद्धको जितमा निर्मल घिसिङ, मेक्सम दास र मोहित गुरुङले एक-एक गोल गरे। आयोजकको तर्फबाट दिपेन शाक्यले सान्त्वना गोल गरे। खेलको म्यान अफ द म्याच नमोबुद्धका मोहित गुरुङ घोषित हुँदै ५ हजार ५ सय नगद र ट्रफी प्राप्त गरे।

सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

भोलि सोमबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा इटहरीको ब्वाइज फुटबल क्लब सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबिच प्रतिस्पर्धा हुनेछ। २०५५ सालमा सुरु भएको यो प्रतियोगिताको हरेक वर्ष सञ्चालन हुँदै आएको छ।