
राजावादी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ।
शुक्रबार लुटपाटमा संलग्न रहेकामध्ये नौजनालाई शनिबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका आशिष सिंह, सर्लाहीको बरहथवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारत विहार राज्यको पटना हाजिपुरका रविरञ्जन कुमार, नुवाकोट विदुर नगरपालिका–६ की सुशीला कुमाल, सुनसरी धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२, कोटेश्वरकी बालकुमारी कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ की निर्मला कार्की, सिन्धुली तीनपाटन गाउँपालिका–७ लाम्पन्टारकी चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन–१६ कि सुस्मिता बराल रहेका छन्।
कोटेश्वर क्षेत्रमा बस्दै आएका उनीहरूको साथबाट प्रहरीले लुटपाटका विभिन्न सामानहरूसमेत बरामद गरेको जनाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरी वृत्त बानेश्वर पठाइएको छ।