मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार र सञ्चारगृहमाथिको आक्रमणका दोषीलाई कारबाही गर्न इम्सनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विरोध गर्दै जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै इम्सनले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

'शान्तिपूर्ण प्रदर्शनको हवला दिँदै आन्दोलनकारीहरूले अराजक गतिविधि गर्दै हिंसात्मक अवस्था सिर्जना गरी एक युवा र एक श्रमजीवी पत्रकारको ज्यान जाने अवस्था उत्पन्न गराउने तथा सञ्चार गृह, राजनीतिक दलको कार्यालय, नागरिकका घर, व्यावसायिक भवन, सवारीसाधनलगायतमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन पनि इम्सन जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ। 

हिंसात्मक घट्नाका क्रममा कीर्तिपुरनिवासी एक युवक र एभिन्युज  खबर टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। साथै, केही निजीनिवासमा आगजनी र तोडफोड तथा लुटपाट भएको थियो। 

'प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड गरेका थिए, त्यसबाहेक राजनीतिक पार्टीको कार्यालयमा आगजनीका साथै भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट मच्चाइएको छ। शान्तिपूर्ण आन्दोलनका नाममा निम्त्याइएको हिंसा र अराजकतालाई किमार्थ स्वीकार गर्न सकिन्न,' इम्सनले भनेको छ।

लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण रूपले राख्न पाइने व्यवस्था हुँदाहुँदै राजनीतिक अभीष्ट पूरा गर्ने नाममा हिंसा निम्त्याउने, नागरिकको ज्यान जाने अवस्था ल्याउने, निजी सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाटलगायतका गतिविधि किमार्थ स्वीकार्य नभएको इम्सनको भनाइ छ।