मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १६ शनिबार १o:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सञ्चारकर्मीद्वारा माइतीघरमा विरोधसभा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार १o:१o:oo

राजसंस्थाको पुनर्स्थानाको माग राख्दै शुक्रबार भएको प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममा भएको आक्रमणविरुद्ध सञ्चारकर्मीहरूले माइतीघरमा विरोधसभा गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भेला भएका सञ्चारकर्मीहरूले शुक्रबार भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।  

शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रूप लिएको पत्रकार महासंघले ठहर गरेको छ। व्यवसायी दुर्गा प्रसाईंकाे नेतृत्वमा भएकाे आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियाे।

त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सञ्चारकर्मीहरुले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।

माइतीघरमा भएको प्रदर्शन र कोणसभामा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले उक्त घटनाका दोषिमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सञ्चारकर्मीहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार हनन् भएको बताए । ‘हिजोको घटनामा पत्रकार हत्या भएको हो, विभिन्न सञ्चार माध्यममा ढुंगामुडा गर्ने काम भएको छ, प्रदर्शनकारीको आक्रमणका कारण अनलाईन खबरका पत्रकार दिनेश गौत्तमको खुट्टा भाँचिएको छ, यसमा वास्तविकता छानबीन गरी कारबाही हुनुपर्छ,’ उनले भने ।

प्रदर्शनमा सहभागी महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले हिजोकाे घटनामा पत्रकारलाई जलाइएको बताउँदै यो घटना क्षम्य हुने किसिमको नरहेको बताए ।

‘नेपालमा फेरी पत्रकारहरुले लेखेकै कारण र सूचना सम्प्रेषण गरेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो, हिजोको घटनामा सञ्चारकर्मीको मृत्यु होइन, हत्या हो, नेपालको सञ्चार इतिहासमा कालो दिनको रुपमा यो घटना थपिएको छ, यो क्रुर घटना हो,’ उनले भने । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघले अन्य कार्यक्रम तय गरेपछि शनिबारको घटनालाई मध्यनजर गर्दै विरोध सभा आयोजना गरेको हो ।

स्थापना दिवस प्रभावित
पत्रकार महासंघले स्थापना दिवसका अवसरमा शनिबारका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । स्थापना दिवसलाई पत्रकारको ज्यान लिनेगरी भएको घटना र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिले शनिबार बिहान माइतीघर मण्डलामा भेला भएर पत्रकारको ज्यान जानेगरी भएको घटना र सञ्चारमाध्यममाथि भएको ज्यादतीविरुद्ध विरोधसभा गरिएकाे महासचिव रामप्रसाद दाहालले बताए ।