मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार २२:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

लागुऔषध तस्करद्वारा प्रहरीकै पेस्तोल लुटपाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार २२:२८:oo

लागुऔषध कारोबारीले प्रहरीलाई नै कुटपिट गरी पेस्तोलसमेत लुटपाट गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिका– ६ मा सोमबार लागुऔषध कारोबारीले प्रहरीलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन्। 

इलाका प्रहरी कार्यालय, पालुङबाट हवल्दारको कमान्डमा खटिएको प्रहरीलाई कुटपिट गरी उनीहरूले पेस्तोल लुटेर रहेका हुन्। सो क्षेत्रमा गाँजा तथा चरेसको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी खटिएको थियो। 

लुटेराहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।