मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १५ शुक्रबार २२:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

राप्रपाका नेताहरू धवलशमशेर, रबिन्द्र मिश्र लगायत पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार २२:५८:oo

शुक्रबार काठमाडौंमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उस्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत पक्राउ परेका छन्। उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। 

आन्दोलनलाई हिंसात्मक बनाउने भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले बताए। त्यस्तै, अधिवक्ता स्वागत नेपाललाई पनि प्रहरीले पुतलीसडकबाट पक्राउ गरेको छ । नेता नवराज सुवेदी बृद्ध भएका कारण पक्राउ नगरिएको र निगरानीमा राखिएको एक उच्च प्रहरी अधिकारीले बताए। 
हिंसात्मक आन्दोनलका कमाण्डर दुर्गा प्रसाई भने फरारु भएका छन्।