मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Sunday, 30 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १३ बुधबार १९:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

३० चैतमा पञ्चकन्या क्रसकन्ट्री दौड हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार १९:२o:oo

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता–२०८१’ हुने भएको छ। पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दोस्रो संस्करणको दौड प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा पुरुष/महिला खुला १० किमि र पञ्चकन्या पालिकास्तरीय छात्र-छात्रातर्फ ५ किमि दूरीमा दौड हुनेछ। खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेताले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्।

५ किमि दूरीको छात्रछात्रा दौडतर्फ विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी हुन चाहनेका लागि नाम दर्ता खुला गरिएको कार्यक्रम संयोजक एवं संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी दिए।

पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट हुँदै घलेभन्ज्याङ आएर सकिनेछ। सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडी सम्मान र सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ।

गत संस्करणमा नेपालका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो।