मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
२o८१ चैत १७ आइतबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १२:४१:oo

तनहुँको आँबुखैरेनी गाउँपालिकाका तीनवटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको काम भइरहेको छ। तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका– ५ स्थित भकुन्डी–बरालुङबेँसी सडक, सोही वडाको लाब्दी–घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका– ३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु. ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।

भकुण्डी–बरालुङबे‌ँसी सडकका निम्ति स्थानीयले रु. एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । लाब्दी–घुमाउने सडकमा स्थानीयले रु. सात लाख ७५ हजार ६५७ योगदान गरेकाे उनले जानकारी दिए । यसैगरी, आँबुमार्गको स्तरोन्नति रु. पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु. ५४ हजार ३८८ योगदान गरेका छन् ।