
स्ववियु निर्वाचनअन्तर्गत सल्यानका सातमध्ये चार वटा क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस सल्यान बहुमुखी क्याम्पस, शिवजन क्याम्पस, जनकल्याण क्याम्पस र फारुला बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भएको हो।
निर्वाचन कार्यालयका अनुसार ६२५ मतदाता रहेको शिवजन क्याम्पस शितलपाटीमा २९६ मत खसेको छ। यस्तै ५४१ मतदाता रहेको जनकल्याण क्याम्पस थारमारेमा ३७८, ३३२ मतदाता रहेको सल्यान बहुमुखी क्याम्पस खलंगामा १५८ र २०५ मतदाता रहेको फारुला बहुमुखी क्याम्पस दार्मामा १३० मत खसेको छ। सल्यान बहुमुखी क्याम्पसमा आजै मतगणना हुने भएको छ।
यसअघि तीन क्याम्पसमा निविर्रोध नेतृत्व चयन भइसकेको छ। बनगाड क्याम्पस बनगाडमा अखिल (क्रान्तिकारी)का जीवन विष्ट शारदा क्याम्पसमा शंखमुलमा अनेरास्ववियुका विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पस कपुरकोटमा नेविसंघका झलक ओली निविर्रोध निर्वाचित भएका हुन्।