Skip This
नवराज सुवेदी नेतृत्वको समितिमा म बस्दिनँ, यसलाई राप्रपाले अपनत्व लिँदैन : राजेन्द्र लिङ्देन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नवराज सुवेदी नेतृत्वको समितिमा म बस्दिनँ, यसलाई राप्रपाले अपनत्व लिँदैन : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १९:२९:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी नेतृत्वको समितिमा आफू नरहेको बताएका छन्। उनले समिति गठनको प्रक्रियामा राप्रपा सामेल नभएको र व्यक्तिगत रूपमा आफूलाई नसोधिएको पनि स्पष्ट पारेका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै लिङ्देनले सुवेदी नेतृत्वमा गठित समितिलाई राप्रपाले अपनत्व नलिने र त्यसमा रहेका राप्रपाका नेताहरूका बारेमा पार्टीमा छलफल हुनेसमेत बताए। 
‘राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी अभियानका लागि हुने आन्दोलनमा हाम्रो समर्थन रहन्छ। तर, यसका लागि कसैले तोकिदिएको समितिमा बसिन्न र त्यसलाई पार्टीले अपनत्व पनि लिँदैन। समितिका संयोजकले पार्टीमा रहन्न भनिसक्नुभएको छ। त्यसमा रहेका पार्टी नेताहरूले पनि पार्टीको प्रतिनिधित्व गर्नुहुन्न,’ अध्यक्ष लिङ्देनले भने, ‘पार्टीको अपनत्व नरहेको समितिमा रहनुभएका पार्टी नेताका विषयमा पनि पार्टीमा छलफल हुन्छ।’ 

उनले समान विचार रहेका समूहहरू थपिएर राप्रपालाई असर नपर्नेसमेत बताए। उनले थपे, ‘हाम्रो पार्टी आफ्नो मुद्दामा अडिग छ। हाम्रा घोषित कार्यक्रम अघि बढ्नेछन्। समान मुद्दामा काम गर्ने नयाँ समितिहरूलाई हाम्रो शुभकामना छ। यसमा चिन्तित नहुन म पार्टीपंक्तिलाई आग्रह गर्छु।’