मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ५ मंगलबार १५:१५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दीपक रौनियारको प्रशंसा गर्दै अनुराग कश्यपले भने- ‘राजागंज’ले नेपाली फिल्म क्षेत्रलाई निकै माथि पुर्‍याउँछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १५:१५:oo

भारतीय निर्देशक अनुराग कश्यपले दीपक रौनियारनिर्देशित फिल्म ‘पूजा सर–राजागंज’को तारिफ गर्दै यस्तै फिल्मले नेपाली चलचित्र उद्योगको विकास गर्ने बताएका छन्।

भारतबाट एक भिडियो सन्देश पठाउँदै अनुरागले यस्ता उत्कृष्ट चलचित्रलाई दर्शकले साथ दिए फिल्म उद्योग निकै माथि पुग्ने बताएका छन्। रौनियारले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा अनुरागले भनेका छन्, ‘थ्रिलर, सोसल कमेन्ट्री मात्र होइन, यो नेपालको फिल्म हो । यसमा नेपालको दैनिक जीवनलाई देखाइएको छ। र, यो नेपालको मात्र फिल्म होइन, यसलाई म यहाँ इन्डियामा बसेर पनि रिलेट गर्न सक्छु। दक्षिण–पूर्वी एसियाका सबैले रिलेट गर्न सक्छन्।’

अनुराग यो फिल्मका कार्यकारी निर्माता हुन्। १ चैतदेखि फिल्म प्रदर्शन भइरहेको छ।

अनुरागले दीपकसँगै मीन भामको पनि प्रशंसा गरेका छन्। भिडियोमा उनले भनेका छन्, ‘दीपक रौनियारसँग मेरो भेट उनको पहिलो फिल्मको माध्यमबाट भएको थियो। उनी निकै राम्रो फिल्ममेकर हुन्। मैले पहिले पनि भनेको छु, नेपालमा दुई फिल्ममेकर छन् जसलाई म निकै मान्छु । एक मीनबहादुर भाम र अर्का दीपक रौनियार।’

दीपकको कामबाट आफूलाई पनि प्रेरणा मिलेको बताउँदै उनले भनेका छन्, ‘दीपक तिमीलाई धेरै–धेरै बधाई। तिमी फिल्म बनाइराख, यस्तै फिल्म बनाइराख। तिमीसँग फिल्म बनाउन पाउँदा मलाई पनि प्रेरणा मिल्छ।’