मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा चैत १० गते स्ववियु निर्वाचन, उम्मेदवारी दर्ता सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १७:१७:oo

स्ववियु निर्वाचन हुने महोत्तरीको एकमात्र नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्तको यालना विद्यापिठ मटिहानीमा चैत्र १० गते मतदान हुने भएको छ। निर्वाचनका लागि सोमबार नै उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ।

निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को तर्फबाट अध्यक्षमा मृत्युन्जय कुमार मिश्र, सचिवमा हेमन्त प्रसाद कोइराला र कोषाध्यक्षमा व्रजभुषण कुमार झाले उम्मेदवारी दिएका छन् भने लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ)बाट अध्यक्षमा सर्वेशकुमार झा, सचिवमा खगेन्द्र प्रसाद उपाध्याय र सदस्यहरुमा राहुल कुमार मिश्र, चन्दन कुमारी, रोमा कुमारी मण्डल र छोटी कुमारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै नेविसंघबाट कोषाध्यक्षमा आशिष कुमार झाको उम्मेदवारी परेको छ। उक्त संगठनले अन्य पदमा उम्मेदवारी दिएको छैन। सदस्यमा लोविसंघवाहेकको उम्मेदवारी नपरेकाले चारजना निर्विरोध निर्वाचित भइसकेका छन्। 

यद्यपि, आधिकारिक घोषणा भने नभएको निर्वाचन अधिकृत क्याम्पसका उपप्राध्यापक सीताराम पौडेलले जानकारी दिए।