
लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले खेल क्षेत्रको विकास, खेलाडी उत्पादन, नियमित प्रतियोगिताका लागि सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए । चैत ८ गते प्रतियोगिताको समापन गरिनेछ ।
प्रतियोगितामा ११ जिल्लाका खेलाडीले भाग लिएका छन् । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, त्यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइनेछ ।