मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १६:४५:oo

जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधासम्पन्न भवन निर्माण हुन लागेको हो।

जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो। बडिगाड गाउँपालिकाको पहलमा संघीय सरकारको तीन करोड ६३ लाख रुपैयाँ लागतमा सुविधासम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधासम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताइन्। ६ वर्षअघि स्थानीयले चन्दा संकलन गरी १५ लाख रुपैयाँ लागतमा पाँच रोपनी जग्गा इलाका प्रहरी कार्यालयका नाममा खरिद गरेका थिए । भीमगिठेका प्रमुख प्रहरी नायब निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताए।

तीन करोड ६३ लाख रुपैयाँ लागतमा सुनामी/एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको थियो। रासस