मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापा नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १८:४६:oo

नेपाल प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। 

थापा १९ भदौ २०५२ मा इन्स्पेक्टरबाट प्रहरीमा भर्ना भएका थिए। आगामी १८ भदौसम्म उनी प्रहरी नेतृत्वमा हुनेछन्। 

एआइजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ पनि आइजिपीको प्रतिस्पर्धामा थिए। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ३०वर्षे सेवाहदका कारण अवकाश पाएपछि रिक्त भएको पदमा थापा नियुक्त भएका हुन्।