मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ४ सोमबार २१:२o:oo
Read Time : < 1 मिनेट
समाचार

व्यक्तिका कमजोरीलाई गणतान्त्रिक व्यवस्थासँग नजोडौँ : मुख्यमन्त्री कँडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार २१:२o:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले व्यक्तिका कमजोरीलाई व्यवस्थाप्रति प्रश्नचिह्न खडा गर्न नहुने बताएका छन्। सत्ता सञ्चालकका कमी-कमजोरीलाई लिएर गणतान्तिक व्यवस्थामाथि दोषारोपण गर्नु उचित नहुने उनको भनाइ छ। 

सोमबार सल्यानको त्रिवेणी गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिकसँग त्रिवेणी गाउँपालिका कार्यक्रममा मुख्यमन्त्री कँडेलले सत्ता सञ्चालनमा देखिएको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको बताए। उनले भने, ‘सत्ता सञ्चालनमा केही कमजोरी होलान्, नागरिकका अपेक्षा पनि पूरा भएनन् होला, ती सुधारेर जान सकिन्छ। तर, सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन।’

जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र हो। उनले फेरि रैती शासन व्यवस्था ल्याउँछु भनेर लाग्नु मूर्खता भएको र त्यस्तो मूर्खता नगर्न सुझाए। उनले भने, ‘जनताले लामो संघर्ष गरेर ल्याएको योभन्दा अर्को उन्नत व्यवस्था छैन, कमजोरी सच्चाऊँ, तर व्यवस्थामाथिको प्रहार बन्द गरौँ।’

अहिलेको लोकतान्त्रिक व्यवस्था राजा र रैतीको शासनबाट मुक्त भएको उनले बताए। राम्रो काम गर्ने व्यक्ति नै नेतृत्वमा पुग्ने प्रणालीले जनप्रतिनिधिहरूलाई जनमुखी बन्न प्रेरित गर्ने उनको धारणा थियो। जनताको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको, यसमा जनप्रतिनिधि चनाखो बन्नुपर्ने र लोकतन्त्रमा जनताको न्यायाधीश स्वयं जनता नै हुने उनको भनाइ छ।