मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार २१:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार २१:२७:oo

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त  हुन लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नाब महानिरीक्षकहरूलाई सोमबार बिदाइ गरेको छ। नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले शुभकामनासहित बिदाइ गरेका हुन्। 

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी संगठनको सक्रिय भूमिकाबाट बिदाइ हुँदै सामाजिक जीवनमा प्रवेश गर्न लागेको यस क्षणमा बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाप्रति हार्दिक आभार प्रकट  गरे। बिदाइ समारोह संगठनको संस्कृति र परम्पराको निरन्तरता मात्र नभई आफूहरूबिचको आपसी आत्मीयता, भ्रातृत्व भाव र एकता अभिवृद्धि गराउने अवसरको रूपमा लिएको उल्लेख गर्दै व्यावसायिक रूपमा बिदाइ भए तापनि संगठनको हित र श्रीवृद्धिको लागि सदैव समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरे।  

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै व्यावसायिक, दूरदर्शी, निष्ठावान र क्षमतावान व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास उनको छ। प्रहरी महानिरीक्षक कुँवरले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूप्रति आभार प्रकट गरेका छन्। 

 

    समारोहमा   महानिरीक्षक कुँवरले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापालाई हस्तान्तरण  गरे । साथै नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवा निवृत्त हुन कुँवरलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे।

    उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विभिन्न आरोह अवरोहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त  गरेका छन्।   सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पु¥याएको योगदानले नेपाल प्रहरीको गरीमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको चर्चा गर्दै सेवा निवृत्त पछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उनले व्यक्त गरे । संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता  व्यक्त गरेका छन्।  

     प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्दको बिदाइ भएको हो। 

नवनियुक्त महानिरीक्षक थापाले मंगलबार बिहान फुली लगाएर जिम्मेवारी सम्हाल्नेछन्।