मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
जुलियन मे
थोकोजानी सिमलेन
२o८१ चैत ४ सोमबार o९:४६:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण अफ्रिकाको कुपोषण संकट र यसले निम्त्याउने जोखिम

खाद्य असुरक्षाबाट देशका ६३.५ प्रतिशत घरपरिवार प्रभावित छन् भने सामाजिक अनुदानमा भरपर्ने मानिसको संख्या अझै उच्च छ

Read Time : > 3 मिनेट
जुलियन मे
थोकोजानी सिमलेन
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार o९:४६:oo

ब्रुअरीको सुरुमा नौ वर्षीय दक्षिण अफ्रिकी बालक अल्टी विलार्डको मृत्यु यो देशमा निरन्तर खाद्य असुरक्षा संकटको दुखद प्रतिबिम्ब हो । उनको मृत्यु आफ्नो बुबासँग फोहोरको कन्टेनरमा खाना खोज्ने क्रममा विषाक्त चिज पिउँदा भएको थियो । देशको आर्थिक र प्राकृतिक स्रोतलाई ध्यानमा राख्दै भोकमरीबाट बच्न खोज्दा बच्चाको मृत्यु हुनु निकै गम्भीर विषय हो ।

दक्षिण अफ्रिकीसँग सम्पूर्ण राष्ट्रलाई खुवाउने क्षमता छ । तर, यो देश कुपोषणको तीन गुणा बोझसँग जुधिरहेको छ, जसमा न्युन पोषण र भोकमरी, सूक्ष्म पोषक तत्वको कमी र अस्वस्थ आहार पर्छन् । मानव विज्ञान अनुसन्धान परिषद् (एचएसआरसी)ले गरेको पछिल्लो खाद्य तथा पोषण सुरक्षा सर्वेक्षणअनुसार खाद्य असुरक्षाले देशका ६३.५ प्रतिशत घरपरिवारलाई असर गरेको छ । जसमध्ये १७.५ प्रतिशत गम्भीर समस्यामा छन् । खाद्य असुरक्षा केवल खानामा अपर्याप्त पहुँचको कुरा होइन । यो बाल कुपोषणसँग गहिरो रूपमा जोडिएको छ, जसको अर्थ खाद्य सुरक्षा भनेको पर्याप्त खानाको भण्डार हुनु मात्र होइन; यो बालबालिकाका लागि पौष्टिक खानाको उपलब्धता पनि हो ।

घरायसी खाद्य असुरक्षा र बाल कुपोषणबिचको सम्बन्ध स्पष्ट छ । पाँच वर्षमुनिका कम्तीमा एक बच्चा पुड्कोपनबाट पीडित घरपरिवारमा खाद्य असुरक्षा दर ८३.३ प्रतिशत छ । थप चिन्ताजनक रूपमा, रोकथाम गर्न सकिने तीव्र कुपोषणका कारण प्रत्येक वर्ष एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । ६ वर्षमुनिका २७ लाख बालबालिका उनीहरूको आधारभूत पोषण आवश्यकता पूरा गर्नबाट वञ्चित घरपरिवारमा बस्छन् । कोभिड– १९ महामारीपछि खाद्य अभाव दर झन् खराब स्थितिमा छ । खाद्य मुद्रास्फीतिले संकटलाई झनै बढाएको छ । 

कुपोषण रोक्न समुदाय र गैरसरकारी संस्थाले पनि पहल गरेका छन् । घर, विद्यालय, समुदाय र गैरसरकारी संस्थाद्वारा सञ्चालित खाद्य राहत कार्यक्रमले सहयोग प्रदान गरे पनि तिनीहरूमा दिगोपन र पहुँचको अभाव छ ।

सर्वेक्षणले पाँच वर्षमुनिका २८.८ प्रतिशत बालबालिका पुड्कोपनबाट पीडित रहेको देखाएको छ, जुन दीर्घकालीन कुपोषणको सूचक हो । यसको अर्थ बालबालिका आफ्नो उमेरका लागि अपेक्षित उचाइभन्दा कम छन् । दक्षिण अफ्रिकी प्रारम्भिक बाल्यकाल समीक्षा २०२४ ले पनि यो निष्कर्षलाई पुष्टि गरेको छ । यो केप टाउन विश्वविद्यालयको बाल विकास संस्थान र प्रारम्भिक बाल्यकाल विकास गैरसरकारी संस्था इलिफा लाबन्तवानाले तयार पारेको बाल विकासको वार्षिक समीक्षा हो । यसले बढ्दो बाल कुपोषण र विशेष गरी गम्भीर तीव्र कुपोषणलाई प्रकाश पार्छ । सन् २०२० / २०२३ को बिचमा यस्ता केस ३३ प्रतिशतले बढे । २०२२/२३ मा मात्र १५ हजार बालबालिकालाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

व्यापक अनुसन्धान अनुभव, नीतिगत सल्लाह र खाद्य सुरक्षामा सक्रियताका आधारमा हामी तर्क गर्छौँ कि खाद्य असुरक्षा केवल खाद्य आपूर्ति मुद्दाभन्दा माथि छ । यो प्रणालीगत असमानता, खाद्य प्रणाली गतिशीलता, गरिबी र नीतिमा असफलतासँग गहिरो रूपमा जोडिएको छ । यी संकटलाई सम्बोधन गर्न खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोणमा गहिरो परिवर्तन आवश्यक पर्नेछ । यसका लागि सामाजिक संकट राहत अनुदानजस्ता अस्थायी राहत उपायबाट स्वस्थ फुड बास्केटको लागत कम गर्ने दिगो, संरचनात्मक समाधानमा परिवर्तन आवश्यक छ । यसको अर्थ कुनै पनि बच्चाले फोहोर फाल्ने कन्टेनरमा खाना खोज्नु पर्दैन ।

कुपोषण संकट हटाउन केही समाधानका उपाय अवलम्बन गरिएका छन् । दक्षिण अफ्रिकामा सामाजिक अनुदानमा भर पर्ने मानिसहरूको संख्या सबैभन्दा बढी छ । कतिपय स्थानमा सुरक्षा स्थितिका बाबजुद खाद्य असुरक्षा कायमै छ, जसले गर्दा उनीहरूसँग अपर्याप्त स्रोतसाधन छ वा उनीहरूलाई प्रभावशाली ढंगले लक्षित गरिएको छैन ।

सामाजिक अनुदान
१४ वर्ष र सोभन्दा कम उमेरका लगभग ५८ प्रतिशत बालबालिकाले सामाजिक अनुदान प्राप्त गर्छन् । मुख्यतया, बाल सहयोग अनुदानमार्फत यस्तो अनुदान प्राप्त गर्छन् । यद्यपि, जन्मपछि शिशु दर्तामा ढिलाइका कारण सबैभन्दा साना बालबालिका विशेष गरी शिशुहरू अनुदानबाट वञ्चित हुने सम्भावना बढी हुन्छ । जन्मदेखि नै योग्य शिशुहरूको नामांकन गर्न सरकारी विभागबिच राम्रो समन्वय आवश्यक पर्दछ । यद्यपि, बालपोषण सुनिश्चित गर्ने लागतको सापेक्ष अनुदानको आकार, आवास र कपडाजस्ताअन्य घरायसी आवश्यकताको मागका कारणले गर्दा प्राप्त अनुदान खाद्य असुरक्षालाई न्यून गर्न पर्याप्त छैनन् ।

विद्यालय तथा प्रारम्भिक बाल्यकाल विकास कार्यक्रम वार्षिक ९० लाखभन्दा बढी बालबालिकासम्म पुग्छ । यी कार्यक्रमबाट प्रत्यक्ष लाभ प्राप्त गरेका बालबालिकामा अन्यको तुलनामा राम्रो नतिजा आउने गरेको छ । त्यस्तै, कुपोषण रोक्नका लागि समुदाय र गैरसरकारी संस्थाले पनि पहल गरेका छन् । घर, विद्यालय, समुदाय र गैरसरकारी संस्थाद्वारा सञ्चालित खाद्य राहत कार्यक्रमले सहयोग प्रदान गरे पनि तिनीहरूमा दिगोपन र पहुँचको अभाव छ ।

सुधारका लागि सुझाव
मानव विज्ञान अनुसन्धान परिषद् (एचएसआरसी) र दक्षिण अफ्रिका प्रारम्भिक बाल्यकाल समीक्षा–२०२४ ले व्यापक, बहुक्षेत्रीय समाधानहरूको तत्काल आवश्यकतालाई प्रकाश पार्छ । त्यहाँ विभिन्न सुझाव पनि दिइएको छ । ‘बाल सहयोग अनुदानको मूल्य बढाउनुहोस् । स्वास्थ्य, गृह मामिला र सामाजिक विकास विभागहरूबिचको राम्रो सहकार्यमार्फत शिशुहरू र साना बच्चाहरूलाई जन्मदेखि नै बाल सहयोग अनुदानमा भर्ना गरिएको सुनिश्चित गर्नुहोस्,’ समीक्षामा भनिएको छ । विभिन्न सरकारी विभागमा नीतिलाई सुव्यवस्थित गर्न राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा योजनामा प्रस्तावित राष्ट्रिय बहुक्षेत्रीय खाद्य सुरक्षा समन्वय निकाय स्थापना गर्न पनि सुझाव दिइएको छ । ब्राजिलले सफलतापूर्वक यस्तो दृष्टिकोण अपनायो ।

सरकारले प्रारम्भिक बाल्यकाल विकास पोषण कार्यक्रमहरू विस्तार गर्न आवश्यक छ । त्यस्तै, अनौपचारिक प्रारम्भिक बाल्यकाल विकास केन्द्र दर्ता गरेर ती केन्द्रमा खाद्य प्रावधानसुधार गर्न अनुदान बढाउनुपर्छ । सडक व्यापारसहित खाद्य व्यापारमा संलग्न महिलाहरू (जो घरको प्रमुख हुने सम्भावना बढी हुन्छ) का लागि राम्रो आर्थिक अवसरहरू सुनिश्चित गरेर खाद्य सुरक्षामा लैंगिक असमानतालाई सम्बोधन गर्नुपर्छ । घरपरिवारमा बालबालिकाको वृद्धि र पोषणको अनुगमन गर्न सामुदायिक स्वास्थ्यकर्मी प्रयोग गरेर समुदायमा आधारित स्वास्थ्य सेवा विस्तार गरिनुपर्छ ।

हेरचाहकर्ताको मानसिक स्वास्थ्यलाई ख्याल गरौँ
गरिबीले हेरचाहकर्ताको मानसिक स्वास्थ्यलाई नकारात्मक रूपमा असर गर्छ, जसले गर्दा बाल पोषणमा असर पर्छ । खाद्य असुरक्षाको अनुभव गरिरहेका हेरचाहकर्तामा डिप्रेसन र निराशाको स्तर उच्च हुन्छ । यसले बालबालिकालाई आवश्यक पर्ने हेरचाह र ध्यान प्रदान गर्ने उनीहरूको क्षमतालाई सम्भावित रूपमा असर गर्छ । हेरचाहकर्तालाई आय सहयोग र सामुदायिक स्वास्थ्य सेवा विस्तार गर्नाले यो चक्रलाई कम गर्न सकिन्छ ।

अपांगता भएका बालबालिका र हेरचाहकर्ताहरू अर्को उदाहरण हुन् । उनीहरूले थप चुनौतीहरूको सामना गर्छन् । अन्तमा, मौसमी खेतीपाती गर्नेहरूका बच्चाहरू त्यतिवेला अत्यधिक जोखिममा हुन्छन् जतिवेला उनीहरूका हेरचाहकर्ता बेरोजगार हुन्छन् र बेरोजगारी बिमा कोष भुक्तानी प्राप्त गर्दैनन् । तत्काल खाद्य राहतले उनीहरूको आहारको गुणस्तर र मात्रामा उतारचढावलाई रोक्न सक्छ ।
– द कन्भर्सेसनबाट 

मे युनिभर्सिटी अफ द वेस्टर्न केपका डिएसटी–एनआरएफ सेन्टर अफ एक्सिलेन्स इन फुड सेक्युरिटीका निर्देशक हुन् 
थोकोजानी युनिभर्सिटी अफ जोहानसबर्गका प्राध्यापक हुन् ।