मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कति हुनेछ नवनियुक्त आइजिपी थापाको कार्यकाल? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १९:४५:oo

नेपाल प्रहरीको ३१औँ महानिरीक्षकमा नियुक्त भएका दीपक थापाले ५ महिना १३ दिन नेपाल प्रहरीको नेतृत्व गर्ने भएका छन्। प्रहरीको ३० वर्षे सेवाहदका कारण उनले आगामी १८ भदौमा अवकाश पाउनेछन्।  

वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबारदेखि अनिवार्य अवकाश पाउने भएपछि थापा महानिरीक्षकमा नियुक्त भएका हुन्। थापा आइजिपी कुवँरसँगै इन्स्पेक्टरमा नाम निकाले पनि वैकल्पिक सूचीमा पर्दा पछि मात्र नियुक्ति पत्र पाएका थिए। उनी २०५२ साल भदौ १९ गते नियुक्त भएका हुन्। जसअनुसार उनको कार्यकाल ५ महिना १३ दिन हुनेछ।  यसबिचमा संसदमा रहेको प्रहरी विधेयक पास भएमा भने उनको कार्यकाल लम्बिन सक्छ। विधेयकमा प्रहरीको ३० वर्षे सेवाहद हटाउने प्रावधान उल्लेख छ। 

भक्तपुरको सिपाडोलका स्थानीय थापा स्थायी शिक्षकको जागिर छाडेर प्रहरीमा भर्ना भएका हुन्। उनी २०६३ भदौमा डिएसपी, २०७२ साउनमा एसपी, २०७५ को फागुनमा एसएसपी, २०७९ को असारमा डिआइजी तथा २०७९ को चैतमा एआइजीमा बढुवा भएका थिए। एआइजीमा बढुवा भएको ठिक दुई वर्षपछि उनी आइजिपीमा बढुवा भएका छन। पछिल्लो समय उनी केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को प्रमुखमा कार्यरत थिए।